www.tandavnews.com
Fact ~ In search of truth

‘म एमालेमै छु, नेकपा एसमा गएको छैन’ : टंकप्रसाद सुवेदी

पोखरा/ताण्डव न्यूज

आफू नेकपा एसमा गएको भनेर भ्रम फिजाईएको भन्दै नेकपा एमाले कास्कीको अन्नपूर्ण गाउपालिका सचिवालय सदस्य टंकप्रसाद सुवेदीले आपत्ति प्रकट गरेका छन् । आफूलाई थाहै नदिई नेकपा (एकीकृत समाजवादी) अन्नपूर्ण गाउपालिका कास्कीको सचिव भएको भनेर प्रचार गरिएको प्रति सुवेदीले आपत्ती जनाएका हुन् ।

आईतवार एक विज्ञप्ति जारी गर्दै सुवेदीले आफु उपस्थित नरहेको कार्यक्रममा आफ्नो नाम एकिकृत समाजवादीको सचिवमा राखेर मानमर्दन र विचारमा आँच पु¥याउने कार्यप्रति घोर आपत्ति जनाएका हुन् । उनले भ्रम र झुटको खेति नगर्न र भ्रममा नपर्न समेत कार्यकर्ता लाई आग्रह गरेका छन ।

Batas

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ “कास्की जिल्ला अन्नपूर्ण गा. पा. वडा नंः ८ निवासि म टंक प्रसाद सुवेदी नेकपा एमाले अन्नपूर्ण गा. पा. कमिटीको सचिवालय सदस्य तथा वडा नम्वर ८ को पार्टी सदस्य रहेको छु । मिति २०७८/०६/१६ गतेको दिन मलाई कुनै जानकारि, विना उपस्थिति मेरो मान मर्दन र विचारमा आंच पु¥याउने हिसाबले कथा कथित नेकपा एकीकृत समाजवादी अन्नपूर्ण गा. पा.को सचिव भनी नाम जोडिएकाले म नेकपा एमालेको निष्ठावान कार्यकर्ताको हिसावले खेद व्यक्त गर्दछु । यस्ता भ्रामक र झुटको खेति नगर्न र भ्रममा नपर्न समेत यसै विज्ञप्ति मार्फत अनुरोध गर्दै सो पार्टीमा मेरो कुनै संलग्नता नरहेको समेत जानकारी गराउदछु ।“ शनिवार नेकपा एकीकृत समाजवादीले उनको नाम गाउपालिका कमिटीको सचिवमा रहेको जनाएको थियो ।

यसैबीच नेकपा एमाले अन्नपूर्ण गाउपालिकाका अध्यक्ष गौरीसाद सुवेदीले टंकप्रसाद सुवेदी नेकपा एमाले अन्नपूर्ण गाउपालिका कमिटीको सचिवालय सदस्य तथा वडा नम्बर ८को सचिवमा नै सक्रिय रहेको भन्दै भ्रमपुर्ण समाचार प्रति खेद व्यक्त गरेका छन ।

उनले आईतवारनै विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादी अन्नपूर्ण गाउपालिका कमिटीको सचिवमा सुवेदीको नाम राखिएको प्रति खेद ब्यक्त गरेका हुन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.