www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ पोखरामा नयाँ कार्यसमिति, अध्यक्षमा विष्णु हमाल

पोखरा, ताण्डव न्यूज ।

राष्ट्रिय फलफूल तथा तरकारी थोक ब्यवसायी संघ पोखराको अध्यक्षमा विष्णु हमाल विजयी भएका छन् । संघको आईतबार सम्पन्न १८औँ साधारणसभा तथा नवौँ अधिवेशनबाट ७७ मत प्राप्त गरी हमाल निर्वाचित भएका हुन् । उनका प्रत्यासी रामप्रसाद लामिछानेले ३३ मत प्राप्त गरे भने अर्का प्रत्यासी सरस्वती श्रेष्ठले १६ मत प्राप्त गरिन् ।

संघको उपाध्यक्षमा राम प्रसाद कंडेल निर्विरोध निर्वाचित भए । सचिवमा ७२ मत प्राप्त गरी राजेन्द्र गिरी बिजयी भए । गिरीले प्रत्यासी सुजन प्रसाद भुर्तेललाई २१ मतको अन्तरले पराजित गरेका हुन् ।

Batas

संघको कोषाध्यक्षमा लाल प्रसाद ढकाल, सह–सचिव केशर मणी पुलामी चयन भए । त्यसैगरी सदस्यहरु गोविन्द गिरी, डम्मर जङ्ग थापा मगर, अम्बिका सापकोटा, भूपेन्द्र सुबेदी, हरी मैनाली र रवि प्रकास गुरूङ निर्वाचित भएका छन् । अध्यक्ष र सचिव पदका लागि मात्र निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध चयन गरिएको थियो । दुई पदमा निर्वाचन गराउनका लागि नवराज दुवाडीको संयोजकत्वमा दुर्गा प्रसाद कंडेल, मनोज ढुङ्गाना र रामकृष्ण दुवाडी गरी ३ सदस्यी निर्वाचन समिति बनाईएको थियो ।

यसाघि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री रामजीप्रसाद बराल जीवनले अधिवेशनको उद्घाटन गरेका थिए । पावरहाउस रिसोर्टमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा पोखराका उद्योगी, व्यवसायीहरुको पनि उल्लेख्य सहभागिता थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.