www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक नेतृत्व र सहभागिता सुनिश्चितताको लागि युवाहरुलाई प्रशिक्षण सम्पन्न

पोखरा ।

नेत्रहिन युवा संघ नेपाल कास्की शाखाले गण्डकी प्रदेशमा रहेका अपाङ्गता भएका युवाहरुलाई राजनीतक नेतृत्व तथा सहभागिता सुनिश्चितता बारे तालिम दिएको छ ।

तीनै तहको निर्वाचनमा राजनीतिक नेतृत्व र सहभागिता सुनिश्चित गर्ने हेतुले पोखरामा चार दिने तालिम सम्पन्न भएको हो । तालिममा मनाङ्ग, मुस्ताङ्ग र स्याङ्जा बाहेकका जिल्लाहरुबाट जम्मा २४ जनाको सहभागिता रहेको थियो ।

Batas

तालिममा लोकतन्त्र र यसका तत्वहरु, नेतृत्व र यसका अवधारणा, जनप्रतिनिधि र उनीहरुका जिम्मेवारी लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो ।

तालिममा दृष्टि सम्बन्धि अपाङ्गताबाट १०, बौद्धिक अपाङ्गताबाट २, शारीरीक अपाङ्गता बाट ४, समलिङ्गी तथा तेस्रोलिङ्गी समुहबाट २, बहिरा अपाङ्गताबाट ४, श्रवण दृष्टि बिहिनहरुबाट २ जना गरी जम्मा २४ जना युवाहरुको सहभागी गराइएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खेमराज शर्माले अपाङ्गता समावेशी निर्वाचनका लागी युवाहरुलाई प्रशिक्षण गरेका थिए ।

साथै तालिमलाइ परियोजनाका प्रमोटरहरु शेरजङ्ग गुरुङ, विश्वमित्र भित्राकोटी र फिल्ड अफिसर सुमना नेपालले प्रशिक्षण गरेका थिए ।

तालिमको अन्तिम दिन नेत्रहिन युवा संघ नेपाल कास्की शाखाका अध्यक्ष सूर्य प्रसाद भट्टराईले सहभागीहरुलाई सम्बोधन गर्दै परियोजनाको उद्देश्य बमोजिम कार्य गर्न सुझाए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.