www.tandavnews.com
Fact ~ In search of truth

काठमाण्डौँबाट नेपालगञ्ज जान लागेको श्री एयरलाइन्सको जहाजको चक्का पार्किङमा फस्यो

पोखरा
ताण्डव न्यूज ।

श्री एयरलाइन्सको एक जहाजको चक्का पार्किङमा फसेको छ । आज बिहान ९ः३३ बजे काठमाडौँबाट नेपालगञ्ज जान लागेको जहाज ‘रन वे’मा जान ‘ट्याक्सी’ गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको हो ।

एयरलाइन्सको नाइन एन ए एन एफ कल साइन भएको जहाजको चक्का फसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका ४ सहित ८० जना सवार थिए । सवार यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.