www.tandavnews.com
Fact ~ In search of truth

३३ किलो सुन काण्डः गण्डकीका डिआइजी दिवेश लोहनीसहित सबै प्रहरी निर्दोष

पोखरा।

जिल्ला अदालत मोरङले ३३ किलो सुन काण्डमा जोडिएका गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी दिवेश लोहनीलाई सफाइ दिएको छ । डिआइजी लोहनीसँगै जोडीएका सबै प्रहरीहरुले सफाई पाएका हुन् ।

सफाइ पाउनेमा डिआइजी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, पूर्वएसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, प्रहरी उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र विष्णु थापा छन्।

Batas

त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन गायब भएपछि अपराध महाशाखाका तत्कालिन एससपी लोहनी लगायतको टोलीले अनुसन्धान थालेका थिए ।  त्यसक्रममा सुन भरिया सनम शाक्याको हत्यापछि गृह मन्त्रालयले छनबिन समिति बनाएको थियो । छानबिन समितिले त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ३३ किलो सुनको अनुसन्धान गरेको थियो।

अनुसन्धानमा तत्कालीन अवस्थामा त्रिभुवन विमानस्थलमा रहेका डिआइजी गोविन्दप्रसाद निरौला सहितका प्रहरीलाई प्रतिवादी बनाइएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.