www.tandavnews.com
Fact ~ In search of truth

क्षति हेर्न मनाङ पुगे गृहमन्त्री खाँण

मनाङ ।

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन् । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो ।

Batas

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.