www.tandavnews.com
Fact ~ In search of truth

फ्रि द ट्याक्स: ‘सेनेटरी प्याड’को कर खारेज गर्न कास्की प्रशासन अगाडी अनेरास्ववियुको धर्ना

पोखरा ।

सेनेटरी प्याडमा लागु कर खारेज गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कास्कीले धर्ना दिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडी ‘रातो कर खारेज गर’ लगायतका नारासहित अनेरास्ववियुले धर्ना दिएको हो ।

कार्यक्रममा विद्यालयमा निशुल्क सेनेटरी प्याड ब्यवस्थापनकी अभियन्ता सुष्मा पौडेलले प्याडमा लगाइएको कर तत्काल खारेज गर्नुपर्ने बताइन् । उनले सम्पूर्ण विद्यालय, कलेज र कार्यालहरुमा निशुल्क प्याड व्यवस्थापन हुनुपर्नेमा जोड दिइन् ।

Batas

अनेरास्ववियु कास्की अध्यक्ष विजय पौडेलले कर फिर्ता नगरे कडा भन्दा कडा अन्दोलनमा उत्रने चेतावनी दिए । कार्यक्रमका अनेरास्ववियु केन्द्रीय सदस्य अञ्जलि लम्साल, जिल्ला सचिवालय सदस्य स्वस्तीका पौडेल लगायतले बोलेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.