www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसले यस वर्ष चिया नखुवाउने

काठमाडौँ ।

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाएका छन् ।

विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ ।

Batas

महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.