www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहाेस् ! पोखराबाट कहाँ जान कति लाग्छ भाडा ?

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

कोरोना महामारीको न्यनूनीकरण र विजयादशमीको आगमनसँगै पोखरामा चहलपहल बढेको छ । सामान किनमेल गर्नका लागि बजार निस्केपछि पोखरा शहरका मुख्य चोक तथा बजारहरु व्यस्त भएका हुन् ।

पोखरामा सर्वसाधारणको चहलपहल बढेसँगै पोखराबाट बाहिरिने सवारीको सँख्या पनि वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्याङ्कमा उल्लेख छ । ‘घटस्थापनाको दिन (बिहिबार) कुल १ हजार ७ सय ७५ वटा सवारी कास्कीबाट बाहिरिएका छन्, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतले ताण्डव न्यूजसँग भने, ‘पर्व आएसँग बिस्तारै सवरीसँगै नागरिकहरु पनि बाहिरिन्छन् । हिजो जम्माजम्मी १० हजार ५ सय ३ जना पोखराबाट बाहिरिएको तथ्याङ्क हामीसँग छ ।’

Batas

उनले बजारमा सर्वसाधारणको चाप बढेपनि नेपाल प्रहरीको चाडपर्व लक्षित योजना अनुरुप नै ड्युटीमा खटिएको बताए । ‘दशैं, तिहार तथा नेपाल संम्बत् नजिकिदै गर्दा मान्छेको मुभमेन्ट बढि हुने भएकाले त्यसलाई फोकस गरेर हाईवेमा गस्ती, विभिन्न स्थानहरुमा चेकिङ, मापसे (ड्रिङ्क एण्ड ड्राईभिङ) चेकिङ गर्दै आएका छौ, ईन्सपेक्टर बस्नेतले भने, ‘यो सँगै हामीले यातायात व्यवसायीहरुसँग समन्वय गरेर यातायातलाई अनुगमन पनि गरेका छौ । यसले यात्रु ठगिन र अनियमितता रोक्न सघाउ पुर्याउछ ।’

उनले भिडभाड हुने बताउदै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष निर्माण गरेको बताए । ‘यात्रुहरुलाई झन्झट नहोस भनेर यात्रु सहायता कक्ष स्थापना गरिदिएका छौ, उनले भने, ‘यात्रुहरुको समस्यालाई मध्यनजर गरेर त्यही फोन नम्बर पनि राखिदिएका छौ । त्यसैगरी आगामी दिनमा विश्लेषण गर्न सकिनेगरि आउने गुनासोहरुलाई टिपोट गरेका छौ । धेरैजसो अग्रिम बुकिङमा समस्या भएको गुनासो आएका छन् । त्यस्तोलाई हामी सहजीकरण गरिदिएका छौ ।’

ईन्सपेक्टर बस्नेतले सवारी दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने उद्देश्य सहित कास्कीमा रहेका सबै ट्राफिक प्रहरी सडकमै रहेको बताए । ‘हामी सवारी चापलाई मध्यनजर गर्दै कास्कीमा भएभरको सबै प्रहरी कर्मचारी ईमरजेन्सी विदा बाहेक कटौटी गरेर सडकमै खटिरहेका छौ ।’ बस्नेतले भने ।

उनका अनुसार घटस्थापनका (बिहिबार) दिन कास्की भर कुल २ हजार ९ सय ४५ सवारीलाई सुरक्षा जाँच गरिएको थियो । सो मध्ये १ सय १५ सवारीलाई कारवाही, १३ वटा सवारी नियन्त्रणमा ५ वटालाई चेनलक गरिएको थियो जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्याङ्कमा उल्लेख छ ।

सवारीसाधनको सेवा अनुसार फरक भाडारदर

विजयादशमी नजिकिदै गर्दा यात्रुहरुको चहलपहल बढेपछि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले अनियमितता रोक्ने उद्देश्य सहित भाडादर सार्वजनिक गरेको छ । निर्धारित भाडादर कायम भए नभएको अनुगमन र कारवाही कास्की प्रशासनको नेतृत्वमा गठित टोलीले गर्नेछ । गत असार २९ गते देखि लागु हुनेगरि २८ प्रतिशतले वृद्धि भएको भाडादरमा सेवा दिईने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । उनका अनुसार सामान्य सवारी साधनको प्रकृति अनुसार भाडादर कायम गरिएको छ ।

पोखरा देखि काँकडभिट्टाको पुरानो भाडादर १ हजार १ सय ७३ रहेको थियो । असारमा २८ प्रतिशतले वृद्धि भएपछि माईक्रो सेवाका लागि १ हजार ५ सय १ रुपैया पुगेको छ । सोही स्थनका लागि स्तरिय डिलक्स सेवा शुल्क १ हजार ८ सय १ र सुपर एसी डिलक्स सेवाका लागि २ हजार १ सय ६२ रुपैया निर्धारण गरिएको अध्यक्ष केसीले बताए ।

उनले पर्वको समयमा यातायात क्षेत्रमा अनियमितता बढ्ने बताउदै रोक्नका लागि सम्बन्धित कर्मचारीहरुलाई सचेत गराएको बताए । ‘बारम्बार कर्मचारीहरुलाई निर्धारित भाडादर लिन आग्रह गरेका छौ । त्यस्तो अनियमितता भएको पाईएमा प्रशासनको नेतृत्वमा बनेको टोलीले कारवाही गर्छ ।’ अध्यक्ष केसीले भने ।

कुन सवारीमा भाडादर कति ?

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.