www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय फुटसल लिगमा घरेलु टोली स्पोर्ट्स क्यासल च्याम्पियन

पोखरा
ताण्डव न्यूज ।

पोखरामा सम्पन्न पहिलो संस्करणको राष्ट्रिय फुटसल लिगको उपाधी घरेलु टोली स्पोर्ट्स क्यासल पोखराले जितेको छ । पोखराको रंगशाला स्थित कभर्डहलमा आज (शुक्रबार) भएको फाइनल खेलमा संखमुल फुटसल काठमाडौंलाई ४-२ गोल अन्तरले परजित गर्दै स्पोर्ट्स क्यासलले उपाधि रक्षा गरेको हो ।

स्पोर्ट्स क्यासलको जीतमा किशोर गुरुङले ह्याट्रिक गरे । भने पुर्व राष्ट्रिय फुटसल टोलीका कप्तान विजय गुरुङले एक गोलको योगदान दिए ।

Batas

उपविजेता बनेको संखमुलका लागि लक्ष्मण थापा मगर र मणि लामाले समान एक/एक गोल फर्काए ।

उपाधि रक्षा गरेको पोखरेली टोली स्पोर्ट्स क्यासलले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १० लाख प्राप्त गर्यो ।

भने उपविजेता बनेको संखमुलले मेडल तथा प्रमाणपत्र सहित ५ लाख रुपैयाँ हात पार्यो । त्यस्तै विधागत तर्फ उत्कृष्ट आलाको उपाधिबाट संखमुलका मणि लामा, उदीयमान खेलाडीका रुपमा स्पोर्ट्स क्यासलका सुमित श्रेष्ठ (मेस्सी) उत्कृष्ट फिक्सोका रुपमा फुटसल फाईभका बिजय श्रेष्ठ, उत्कृष्ट गोलरक्षकला रुपमा संखमुलका अनिश श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकका रुपमा स्पोर्ट्स क्यासलका कोच विष्णु गुरुङ घोषित हुँदै जनही २५/२५ हजार प्रप्त गरे ।

अखिल नेपाल फुटबल संघ फुटसल विभागको आयोजनामा भएको पहिलो संस्करणको सो लिगमा देशभरबाट कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.