www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १६ : शुभ विजयादशमी कप फुटसल प्रतियोगिता २३ र २४ गते (खेल तालिका सहित)

पोखरा/ताण्डव न्यूज

दीप युनाईटेड क्लब पोखरा महानगरपालिका १६ दीपले आयोजना गर्ने दोस्रो संस्करणको ‘शुभ विजयादशमी कप फुटसल प्रतियोगिता २०७८’ आगामी २३ र २४ गते हुने भएको छ ।

नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा पोखरा १६ भित्रका टोलीको सहभागितामा शुभकामना आदानप्रदान गर्ने उद्देश्य सहित चीन फुटसल जोनमा प्रतियोगिता आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा वडा नंम्बर १६ का कुल १७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक प्रदीप गुरुङ ‘माईला’ ले जानकारी दिए ।

Batas

उनले वडा नम्बर १६ भित्रका टोलीले मात्रै सहभागिता जनाउने पाउने बताउदै आपसी भाईचाराको सम्बन्ध सुमधर बनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘यो नितान्त शुभकामना आदानप्रदान गर्ने कार्यक्रम हो, उनले भने, ‘देशविदेशमा रहेका साथीभाईहरुको सहयोगमा यो प्रतियोगिता आयोजना गर्दैछौ । यसले हामी बिचमा सम्बन्ध सामिप्यता कायम गर्न र सुमधुर बनाउनेमा विश्वस्त छौ ।’

संयोजक गुरुङले उक्त प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गर्ने बताउदै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्रदान गरिने बताए ।
सो प्रतियोगिता सम्पन्न गर्न स्वदेश तथा विदेशमा रहेको दीपबासीहरुले आर्थिक सहयोग गरेका छन् भने विशेष सहयोगी संस्थाको रुपमा पोखरा महानगरपालिका १६ वडा कार्यालय रहेको आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.