www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीमा एकदिने वर्कशप, बीबीएस चौथो वर्षका विद्यार्थी सहभागी

पोखरा, ताण्डव न्यूज

पोखरा नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) अन्तरगत चौथो वर्षका विद्यार्थीलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

विषयगत ज्ञानलाई थप परिष्कृत र व्यावसायिक बनाउन उद्देश्य अनुरुप आयोजित ‘प्रतिवेदन लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा करिब ४० विद्यार्थी सहभागी थिए । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जसबहादुर गुरुङले मुख्य स्रोत व्यक्तिको भूमिका निभाउँदै विद्यार्थीलाई सहजीकरण गरेका थिए ।

Batas

‘जमाना प्रविधि र खोजमूलक ज्ञानको दायरामा अघि बढ्दैछ’ प्राध्यापक गुरुङले भने ‘पढाइपछि विद्यार्थीलाई रोजगार हुन वा व्यवसायी बन्न अभिमुखीकरणले सघाउ पुग्नेछ ।’ सोही क्रममा उनले विद्यार्थीको सिक्ने र जान्ने चाहनामा आफुले केही योगदान दिन पाएकोमा खुशी व्यक्त गरे ।

क्याम्पसले विद्यार्थीहरुलाई कक्षाकोठाबाट बाहिर लगेर हरेक वर्ष विषयगत तालिम र वर्कशपको आयोजना गर्दै आएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् । ‘प्रायः पोखरा बाहिर लगेर विद्यार्थीलाई वर्कशपमा सहभागी गराउँदै आएका थियौं’ प्रमुख पराजुलीले भनिन् ‘स्वास्थ्य सुरक्षाकै कारण अहिले पोखराभित्रै यस्ता कार्यक्रम गर्न बाध्य भयौं ।’

यसअघि विद्यार्थीलाई कोरोना विरुद्धको खोप उपब्ध गराएपछि भौतिक कक्षा सञ्चालन गरेको जानकारी दिँदै पराजुलीले तिहारपछि दोस्रो डोज उपलब्ध गराउने उल्लेख गरिन् ।

उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापकद्वय गोकुल ढुंगाना र दीपकप्रसाद घिमिरेलेसमेत सहजीकरण गरेका थिए । क्याम्पसले हाल नयाँबजारस्थित शान्तिवनमा नयाँ भवनको निर्माण गरिरहेको छ । आगामी शैक्षिकसत्रदेखि आफ्नै भवनबाट पठनपाठन गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.