www.tandavnews.com
Fact ~ In search of truth

ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

तनहुँ

व्यासनगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कार्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले सवारी दुर्घटना कम गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीलाई पार्किङ निषेधित क्षेत्र २५, सावारीसाधन प्रवेश निषेध ५, गति सीमित ३, सम्भावित सवारी दुर्घटना क्षेत्र १, विद्यालय क्षेत्रमा गति सीमित १, सवारीसाधन बिसौनी १, हेभी गाडी पार्किङ १ लेखिएका सामग्री हस्तान्तरण गरेको हो ।

दमौली बजार क्षेत्रलाई लक्षित पहिलो चरणमा ट्राफिक व्यवस्थापनका सामग्री सहयोग सहयोगस्वरुप उपलब्ध गराइएको उनले बताए । प्रहरी उपरीक्षक मैनालीले यस्ता सचेतनामूलक बोर्डले सवारी दुर्घटनामा न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरे ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.