www.tandavnews.com
Fact ~ In search of truth

जर्मनीका विद्यालयहरु अब चाँडै नै सामान्य अवस्थामा फर्किने

बर्लिन

जर्मनीका विद्यालयहरु अब चाँडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सबै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिए पनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताए । कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिँदैन,’ उनले भने ।

Batas

उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिए । देशमै पहिलोपटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिबन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ । त्यसैगरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ ।

जर्मनीमा अहिले दैनिक औसतमा ३ सयका दरले कोरोना भाइरसबाट नयाँ संक्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.