www.tandavnews.com
Fact ~ In search of truth

बिहान अन्दाजी ३ बजे सहिद परिवारको घरबाट लाखौंको धनमाल लुटपाट

जलेश्वर

डाँकाको एक समूहले आज बिहान यहाँ सहिद परिवारको घरबाट लाखौंको धनमाल लुटपाट गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे ४/५ जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र सहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् ।

धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए । लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकोमा हतियारले हिर्काएर घाइते बनाएका थिए । जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएको र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.