www.tandavnews.com
Fact ~ In search of truth

राजनीतिक संकट अन्त्यका लागि अफगान नागरिक समाजको आह्वान

पन्जशिर, अफगानिस्तान

अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन् । मध्य अफगानिस्तानमा संयुक्त राष्ट्र संघको सहकार्यमा सञ्चालिते कार्यक्रमको श्रृंखलामा खासगरी पन्जशीर, परवान र कपिसा प्रान्तका धार्मिक संस्था, नागरिक समाज, महिला परिषद्लगायतका क्षेत्रमा प्रतिनिधित्व गर्ने वक्ताहरुले हिंसा, सशस्त्र द्वन्द्व र ज्यान गुमाउनुको कुनै औचित्य नरहेकोमा जोड दिएका हुन् । उनीहरुले सबै अफगानीहरूको हित शान्ति वार्ताको केन्द्रमा हुनुपर्ने बताए ।

अफगान अधिकारकर्मी शय्या महराबानले भने, ‘महिला र युवा अफगान युद्धबाट बढी पीडित बनेकाले अब यो समूह नै युद्धको विपक्षमा हुने बहसमा अग्रसर हुनुपर्छ ।’

Batas

‘युवाले एक अर्कालाई विश्वस्त पार्नुपर्छ कि युद्ध यसको समाधान होइन । हामी सबै दुःख भोगिरहेका छौं र युद्धमा मारिएका छौं । युवाहरूबीचको बैमनस्यता रोकिएमा युद्ध अवश्य टुंगिन्छ ।’

कापिसा प्रान्तीय परिषदका पूर्व सदस्य नजिबुल्लाह रहिमीले युद्धलाई शारिया र अन्तर्राष्ट्रिय कानूनहरूले निषेध गरेकोले युद्ध अन्त्य गन अबको पहिलो काम भएको बताए । उनले भने, ‘युद्ध रोक्न आफ्नो भूमिका निर्वाह गर्नु हरेक अफगानको धार्मिक र नैतिक जिम्मेवारी हो । अफगानीहरूले लामो समय युद्धमा विताउनु परेको छ अब पनि युद्ध भए यसलाई अफगानी नागरिकले सहन सक्ने छैनन् ।’

अर्का वक्ता शर्मिला बेगीले तर्क र शान्तिपूर्ण माध्यमद्वारा एकअर्काको विचारलाई सहनु र आदर गर्नु महत्वपूर्ण छ भनी जोड दिए । उनले अब अफगानिस्तानमा शान्तिको विकल्प नभएको भन्दै सबै जातीय, धार्मिक र क्षेत्रीय मतभेदहरूलाई वार्ताद्वारा सम्बोधन गरी युद्ध अन्त्य गर्नु देश र जनताको हितमा हुने बताइन् ।

अफगान महिला अधिकारकर्मी रोया साबेतले ‘युद्धले हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा नराम्रो असर पारेको र खासगरी महिलाका लागि बढी कष्टकर बनाएको स्मरण गरे । युद्धरत पक्षलाई एक अर्कालाई आक्रमण गर्ने काम रोकी नयाँ र समृद्ध अफगानिस्तान निर्माणमा जुट्न रोया सबेतले आग्रह गरे ।

उक्त कार्यक्रममा पन्जशिरका धार्मिक विद्वान मौलावी अहमदुल्ला हाशेमिनाजादले भने, अफगानिस्तानका जनताले विश्वकै सबैभन्दा लामोमध्येको एक युद्ध लडेको र यसका कारण अफगानिस्तानले ठूलो क्षति ब्यहोरेको बताउँदै अब पनि अफगानिस्तानमा युद्ध जारी रहनु दुर्भाग्य हुने बताए ।

विभिन्न संस्था र मानवअधिकार तथा प्रवुद्ध व्यक्तिहरुसँग सहकार्य गरेको युएनएले सुविधा सम्पन्न रेडियो श्रृंखलाको आयोजना तथा प्रसारण गरेको हो ।

एएनआई

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.