www.tandavnews.com
Fact ~ In search of truth

देशभरमा आज ६ सय ३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं

पछिल्लो २४ घण्टामा ६ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार १ सय ६८ वटा आरटिपिसीआर परीक्षण गरिएकोमा ६ सय ३६ जनामा संक्रमणको पुष्टि भएको हो । यस्तै, ५ हजार ८ सय ६३ वटा एन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २ सय २१ जना संक्रमितले ज्यान गुमाएका छन् । सक्रिय संक्रमित हुने १५ हजार ३ सय ४० जना छन् । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९३ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.