www.tandavnews.com
Fact ~ In search of truth

सुन प्रतितोला रु १ सयले बढ्यो

काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १ सयले बढेर रु ९० हजार ७ सय कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २ सय ५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १ सय ५० मा कारोबार भएको थियो ।

Batas

महासंघका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु ५ ले बढेको छ । चाँदी शुक्रबार प्रतितोला रु १ हजार १ सय ७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु १ हजार १ सय ७५ तोकिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.