www.tandavnews.com
Fact ~ In search of truth

कर्णालीमा डुंगा पल्टिँदा १ युवती बेपत्ता

कर्णाली

कर्णाली नदीमा डुंगा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुंगा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुंगा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुंगामा सवार ६ जनामध्ये ५ जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए ।

Batas

डुंगामा १ पुरुष र ५ महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ । यसअघि साउन २१ गते सोही स्थानमा डुंगा पल्टिँदा बेपत्ता भएका २ जनाको शव अझैं फेलापरेको छैन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.