www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

काठमाडौं

नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १ महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए ।

उनका अनुसार भदौको पहिलो साता ४० हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९ सय ४२ पुगेको छ । उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए ।

Batas

साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्नु संक्रमण घट्नुको अर्को कारण भएको उनले बताए ।

शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशतमात्र संक्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय संक्रमित १५ हजार ३ सय ४० जना रहेका थिए । ५ सयभन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।

नेपालमा संक्रमण दर १८.७ प्रतिशत र संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए ।

यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख २ हजार ७ सय ५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १ सय ६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५ सय ७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८ सय ९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७ सय ७३ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने नागरिक ७ लाख ७५ हजार ७२ जना छन् भने संक्रमणबाट ११ हजार २ सय २१ जनाको निधन भइसकेको छ । हाल देशभर ३ सय १७ जना सघन उपचार कक्ष ‘आइसियू’, १ सय १३ जना भेन्टिलेटर, १४ हजार १ सय ६८ जना होम आइसोलेशन, १ हजार १ सय ७२ जना संस्थागत आइसोलेशन र २ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.