www.tandavnews.com
Fact ~ In search of truth

मट्टिखान युवा क्लब (बि) लाई हराउँदै शान्ता माविले उचाल्यो पुरुष भलिबल उपाधि

पोखरा, ताण्डव न्यूज

कृस्ती युवा मिलन मञ्च पोखरा २१ कृस्तीद्धारा आयोजित पुरुष भलिबल प्रतियोगीताको उपाधि शान्ता मावीले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा मट्टिखान युवा क्लब (बि) लाई हराउँदै शान्ता माविले उपाधि हात पारेको हो । त्यस्तै तृतीय स्थान मट्टिखान युवा क्लब (ए) ले हात पारेको छ ।
असोज २१ देखि २४ सम्म सिमलचौर खेल मैदानमा आयोजित प्रतियोगीतामा १४ टीमको सहभागिता रहेको थियो । प्रतियोगिता प्रथम, द्धितीय र तृतीय हुने टोलीले क्रमश ४१ हजार १ सय ११, २५ हजार १ सय ११ र ११ हजार १ सय ११ साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । साथमा उत्कृष्ट खेलाडी, स्पाइकर, सर्भरलगायतका विधामा समेत पुरस्कार वितरण गरिएको थियो ।

Batas

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणँ बानियाँले खेल क्षेत्र राजनीतिक हस्तक्षपभन्दा बाहिर रहनुपर्ने बताउँदै कास्की जिल्लाको खेल विकासका लागि निरन्तर लागिपरिरहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २१ का वडा सदस्य अम्बिका थापा, भिमेश्वर ड्रिलिङ तथा निमार्ण सेवाका आयोजना प्रमुख सोवित महोतरा र विभिन्न टोल विकास संस्था अध्यक्षलगायतको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष साजन थापाले र कार्यक्रमको सञ्चालन हेमराज अधिकारीले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.