www.tandavnews.com
Fact ~ In search of truth

अछाममा भएको जीप दुर्घटामा मृत्यु हुनेको संख्या ४ पुग्यो

अछाम, ताण्डव न्यूज

अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा गएराति भएको दुर्घटनामा गाडीचालकसहित १६ जनाभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षका जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र १५ वर्षका हिमाल नेपाली अनि वडा नम्बर ३ का १७ वर्षका जीवन जैसीरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते १४ जना मध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

Batas

से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.