www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

काठमाण्डौ, ताण्डव न्यूज

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा भारतलाई जीत दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा निर्णायक गोल गरेको थियो । भारतले ३ खेलमा ५ अंक जोडेसँगै तेस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ।

Batas

भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पर्सि बुधबार प्रतिस्पर्धा गर्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.