www.tandavnews.com
Fact ~ In search of truth

दसैंको अवसरमा पोखरा बहुमुखीको भवन निर्माणार्थ लाभाजुको सवा लाख सहयोग

पाेखरा,ताण्डव न्यूज

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणार्थ सचिन लाभाजुले १ लाख २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।

क्याम्पसले बडादसैंको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लाभाजुले उक्त सहयोग गरेका हुन् । सहयोग रकम बुझ्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले लाभाजु एवं परिवारलाई धन्यवाद व्यक्त गरे ।

Batas

‘क्याम्पस समुदायको हो, उहाँले गर्नुभएको सहयोग अमूल्य छ’ लालचनले भने ‘शिक्षाको उज्यालो ज्योति छर्ने सबैमा आभार व्यक्त गर्दछु ।’ सोही अवसरमा लालचनले भवन निर्माणमा आवश्यक रकम उपलब्ध गराउन समति लागिरहेको जनाउँदै समुदायसँग सहयोगको अपील गरेका छन् ।

कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुली, संचालक समितिका पदाधिकारी, पूर्वविद्यार्थीलगायतले मन्तव्य राख्दै विद्यार्थी, अभिभावक, वडावासी एवं सम्पूर्णमा दसैं, तिहार, नेपाल संवत र छठको शुभकामना व्यक्त गरे ।

क्याम्पसले हाल नयाँबजारस्थित शान्तिवनमा नयाँ भवनको निर्माण गरिरहेको छ । आगामी शैक्षिकसत्रदेखि आफ्नै भवनबाट पठनपाठन गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.