पोखरा
ताण्डव न्यूज ।
कास्कीको घान्द्रुक खण्डमा जिप दुर्घटनामा परि मृत्यु भएकाको सनाखत भएको छ । आज करिब साढे १ बजे अन्नपूर्ण गाउँपालिका १० हुदुस्थित कलडाँडाबाट जीप करिब २०० मिटर तल खसेको हो । चालकसहित ९ जना सवार जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, सोही स्थानकी बर्ष २४ की सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री रहेका छन् ।

दुर्घटनामा गोंगबुकै बर्ष २० की देबिका घिसिङ घाइते भएकी छिन् । भिरमा अड्कीएकी उनको बाँया हात र नाकमा चोट लागेको छ ।
मृतकहरुको शव पोष्टमार्टमका लागि पश्मिाञ्चाल क्षेत्रिय अस्पताल, पोखरा ल्याइदै छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.