www.tandavnews.com
Fact ~ In search of truth

जुड्डीमा पहिरो, कर्णाली नदी ५० प्रतिशत सुक्यो

कालिकोट ताण्डव न्यूज

कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले बताएका छन् । कालिकोटको पलाँताका शिक्षक लंकबहादुर बमले बिहान ७ बजेर ४० मिनेटमा कर्णाली नदीको १५ मिटर सतह कम भएको जानकारी दिए ।

उनले नदी एक्कासी सुक्न थालेपछि किनारमा बस्दै आएका नागरिक डराएको बताए । पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदी किनारमा गएर माछा छोप्न थालेको बताए । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो कि भन्ने स्थानीयबासीको अनुमान छ ।

Batas

जिल्ला प्रहरी कार्यालय कालीकोटका इन्सीपेक्टर महेश शाहीले कर्णाली नदी ५० प्रतिशत सुकेको जनाएको छ । वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.