www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे ३ मा कांग्रेस प्रवेशको लहर, मुख्यमन्त्रीद्धारा बिपी भवन शिलान्यास

ताण्डव न्यूज

माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बिपी स्मृति भवन शिलान्यास एंव नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिपी स्मृति भवन निर्माणका लागि वडा कार्य समिति सभापति कृष्णकुमार श्रेष्ठले करिब ५ आना जग्गा दान गरेका थिए ।

Batas

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले जग्गा दातालाई धन्यवाद दिँदै आगामी वर्ष भवन उद्घाटन गर्ने विश्स व्यक्त गरे । शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेस नै यो देशमा प्रजातान्त्रिक तबरबाट जनताको अधिकार रक्षा गर्दै नेपाललार्इ सम्मुन्नत बनाउने पार्टी रहेको बताए । यस्तै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले भवन निर्माणका लागि रु १० लाख प्रदेश सरकारबाट सहयोग गर्ने घोषण गरेका छन् ।

पार्टी प्रवेशमा विलास पुनको नेतृत्वमा ५० जना युवा, भाईकाजीको नेतृत्वमा २० जना, सञ्जय परियारको नेतृत्वमा १५ जना, भीमबहादुर नेपालीको नेतृत्वमा ५० जना, दुर्गादत्त पोखरेलको नेतृत्वमा १८ जना गरी करिब १ सय ५३ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशी युवा साथीहरुलाई चाँडै नै कार्यक्रम आयोजना गरी उनीहरुलाई विभिन्न भूमिकामा नेतृत्व दिने  नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका सचिव सञ्जय लम्सालले जानकारी दिए ।

साथै माछापुच्छ्रे गाउँपालिका उपाध्यक्षकी प्रत्यासी महिला नेत्री टेकनशोभा गुरुङ र सदस्य भीम चौलाकोटीले आफनो भनाइ राखेका थिए ।  वडा कार्य समिति सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो भने । कार्यक्रममा स्वागत मन्तव्य उप–सभापति दुर्गाद्धत लम्साल र सञ्चालन सचिव घनस्याम लम्सालले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.