www.tandavnews.com
Fact ~ In search of truth

गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु

गुल्मी ।

गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।

Batas

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.