www.tandavnews.com
Fact ~ In search of truth

कञ्चनपुर: मदिराका कारण महिलामाथि घरेलु हिंसाका घटना बढ्न थाले

कञ्चनपुर

शुक्लाफाँट नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । ‘सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन्, सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भनिन्, ‘कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।’ उनका अनुसार महिलामाथि शंकाउपशंका गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिंसा पीडित २ सय ८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ ।

ती मध्ये महिला २ सय ७६ र बालिका ५ छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका ६, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका ३ र बालविवाहका ३० छन् ।

Batas

यसैगरी, अलपत्र परेका १२ व्यक्तिको उद्दार गरी सम्बन्धित निकायमा पुर्याइएको छ । सेफ हाउसमा पीडित भई पुगेका २० महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ । गत साउन, भदौ र असोजमा गरी ५० महिला माथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ ।

सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले भनिन्, ‘प्राप्त धेरै उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ । जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पुर्याइ पीडितलाई न्याय दिलाउने काम हुँदै आएको छ ।’ उनका अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.