www.tandavnews.com
Fact ~ In search of truth

कस्केलीलाई बुधबार बिहान सभागृहमा एमालेको चिया निम्तो

पोखरा ।

नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । महान चाड विजया दशमी, दिपावली, छठ, ईद, उभौली, ल्होसार २०७८ एवं नेपाल सम्वत ११४२ लगायत चाडपर्वको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पार्टीका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहने नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले बताए । ‘यहि कात्तिक ३ गते बुधबार पोखरा सभागृहमा बिहान ७ः४५ बजे कार्यक्रम गर्दैछौँ,’ अध्यक्ष थापाले भने, ‘यसअघि २ वर्ष कोरोना कहरका कारण आयोजना गर्न असमर्थ भयौँ । यसपटक संक्रमण दर पनि घटेको छ । धेरैले खोप पनि लगाइसक्नुभएको कारण स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्ने छौँ ।’ उनले सबै कस्केलीलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरे ।

Batas

शुभकामना आदानप्रदानसँगै पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकर्ताहरुलाई जानकारी गराउने कार्यक्रम रहेको एमाले कास्की सचिव दामोदर बैरागीले जनाए । ३ हजार नेता कार्यकर्ता सहभागी गराउने उद्धेश्यसहित तयारी थालिएको उनको भनाई छ ।

एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले कार्यक्रमलाई भब्य एवं सभ्य बनाउन सबै कमिटिहरुलाई परिचालन गरिएको बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.