www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय

काठमाडौँ

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८ सयमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १ सय ५० मा कारोबार भएको थियो ।

Batas

महासंघले चाँदीको आजको कारोबार मूल्य प्रतितोला १ हजार २ सय २५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु १ हजार १ सय ८० मा कारोबार भएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.