www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ कोरोनाः भेन्टिलेटरमा उपचाररतको संख्या शून्य

तनहुँ

तनहुँमा कोरोना संक्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या शून्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना संक्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुक्लागण्डकीमा १९, भिमादमा ९, म्याग्देमा ७, भानुमा ५, बन्दीपुरमा २ र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा १÷१ जना रहेका छन् ।

Batas

आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४, ऋषिङगाउँपालिकमा १ जना रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको संख्यादर शून्य रहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.