www.tandavnews.com
Fact ~ In search of truth

श्रीमानश्रीमतिको आपसी झगडामा कुटपिट हुँदा श्रीमानको मृत्यु

काठमाडौं

छथर गाउँपालिका ३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको छ ।

उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका गोबिन्दबहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धरान घोपा अस्पताल रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.