www.tandavnews.com
Fact ~ In search of truth

दसैँ माहौलमा गण्डकीको सडकमा १५ जनाले ज्यान गुमाए, २८ जना गम्भीर घाइते भए

पोखरा
ताण्डव न्यूज ।

चाडपर्व सुरु भएसंगै (असोज २१ गते घटस्थापनादेखि) कार्तिक १ गतेसम्मको अवधिमा गण्डकी प्रदेशका सवारी दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । १३ दिनको अवधिमा भएका १४ वटा सवारीसाधन दुर्घटनामा परी थप २८ जना गम्भीर घाइते भएका छन् ।

गण्डकी प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त अवधिमा गण्डकी प्रदेशका कास्की र नवलपुरमा ४/४ वटा सवारीसाधन दुर्घटना भएका छन् । त्यस्तै तनहुँमा २ वटा सवारी दुर्घटना भएका छन् भने स्याङ्जा, गोरखा, लमजुङ र पर्वतमा पनि एक/एक वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

Batas

चाडबाडका बेला विदा मनाउन घुम्न हिँडेका,आफ्नो ठाउँ फर्कँदै गरेका, टिका ग्रहण गर्न हिँडेका यात्रुहरु सवार सार्वजनिक तथा निजी गाडी दुर्घटनामा परेका हुन् ।

यसैबीच गण्डकीमा ४ हजार ९ सय ८६ वटा सवारीसाधन ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । ती सवारीसाधनमाथि भएको कारवाहीका क्रममा ३२ लाख ३० हजार ५ सय रुपैँया राजश्व शंकलन भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव उपरिक्षक श्रवणकुमार विश्वकर्माले ताण्डव न्यूजलाई जानकारी दिए । अहिले मुस्ताङतर्फ जाने सवारीसाधनको चाप बढेको जनाउँदै उनले त्यसतर्फ जाने सवारीसाधनभने दुर्घटना नभएको जनाएका छन् ।

यता कास्कीमा भएका ४ सवारीसाधन दुर्घटनामा १० जनाको ज्यान गएको छ । ती मध्ये ७ जना यात्रु, १ पैदलयात्रु र २ जना चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बस्नेतले जानकारी दिए । र्दुघटनामा घाईते भएका २ जनाको उपचार भईरहेको उनले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.