www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य वृद्धि, आज प्रतितोला सुन ९१ हजार ४ सय

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १ सयले बढेर ९१ हजार ४ सय कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९ सयमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८ सयमा कारोबार भएको थियो ।

Batas

महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर १ हजार २ सय ३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु १ हजार २ सय २५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभूषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.