www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरो अपडेटः बाढीपहिराेमा परी मृत्यु हुने ४८ पुगे, ३१ बेपत्ता

पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता

काठमाडौँ

मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना छन् । २ जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।

साथै पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा ४, कालीकोटमा १, डडेलधुरामा १, प्यूठानमा १, सुनसरीमा २ र उदयपुरमा १ जनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले राससलाई जानकारी दिए । पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा १, प्यूठानमा २, इलाममा ५ जना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्दार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.