www.tandavnews.com
Fact ~ In search of truth

उत्तर कोरियाले स्वीकार्यो मंगलबार प्रहार गरेको आणविक क्षेप्यास्त्र

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मितः उत्तर कोरिया

सोल
उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र ‘मिसाइल’ प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।

साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ मंगलबार बतएका थिए ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु प्रहार गर्ने र परीक्षण गर्ने गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो । यस पटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ ।
सिन्ह्वा

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.