www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिष्टबीच पुनःएकता गरेर आगामी निर्वाचनमा जानुपर्छः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

काठमाडौं

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छन् ।

नेकपा ‘एमाले’ वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताइन् ।

Batas

‘एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन’, उनले भनिन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरोमा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताइन् ।

बैठकमा नेकपा ‘एकीकृत समाजवादी’ का केन्द्रीय सदस्य प्रेम महर्जन ‘ललितपुर’ र झङक कँडेल ‘रामेछाप’ एमालेमा प्रवेश गरेको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.