www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरो प्रभावित क्षेत्रमा जादैँ प्रधानमन्त्री देउवा

काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो ।

Batas

प्रधानमन्त्री देउवासहितको टोली केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको विभिन्न जिल्लामा निरिक्षणपश्चात् कात्तिक ५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.