www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु

वालिङ ।

अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा आज बिहान ३ः३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले झण्डै सात घण्टापछि सडक पूर्णरुपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

Batas

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.