www.tandavnews.com
Fact ~ In search of truth

पोखरा पर्यटनः कहरपछिकाे कोलाहल

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

कोरोना कहरले पर्यटन पनि थलियो । पर्यटनमै आश्रीत मजदुर, व्यवसायीसँग आइसोलेट हुनु बाहेक विकल्प केही थिएन । खोपको आगमनसँगै अहिले कहर अघिका दैनिकी दोहोरिन थालेका छन् । पर्यटन पर्याय पोखराले पनि आफुलाई विस्तारै ‘पिक अप’ गर्न कस्सीएको छ ।

महिनाअघिका सुनसान सडकहरुमा पर्यटकको ‘मास मुभमेन्ट’ देखिन्छ । पर्यटकलाई सर्भ गर्न केही हदसम्म व्यस्त छ पोखरा । ‘यो आशाको किरण हो । पहिलोको तुलनामा धेरै नै पर्यटकको चलायमान बढेको छ’, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘आराम पाएका सडक र पेटीहरुमा यतिबेला पाहुनाका पाइलाहरु छन् । सुनसान लेकसाईड गुञ्जायमान छ ।’

Batas

अहिले मुस्ताङ, कुश्मा, मर्दी, एबीसी लयागतका स्थानमा पुग्ने पर्यटकको लर्को छ । पोखरा यि सबै गन्त्ब्यको ट्रान्जिट पोइन्ट हो । यसको फाइदा पनि पोखराले लिइरहेको छ ।

अध्यक्ष तुलाचनले पछिल्लो समय करिब ३५ प्रतिशतले पर्यटकको वृद्धि भएको बताए । ‘कोभिडको बेला करिब ८ प्रतिशत थियो भने अहिले दशैं आसपासमा ३५ प्रतिशत देखिएको छ । जसमध्ये २ प्रतिशत जति भारतीय थिए भने अन्य आन्तरिक पर्यटक नै थिए, उनले भने, ‘मौसमका कारण प्राय पर्यटक पोखरा धेरै अडिन पाउनुभएन । यो सिजन पनि भएकाले अब पर्यटकीय गतिविधि चलायमान हुन्छ । यो कुरामा सबै पोजेटिभ छौ ।’

त्यसैगरी पोखरा पर्यटकलाई स्वागत गर्न हरेक क्षेत्रबाट तयार रहेको पर्यटन व्यवसायी नरेश भट्टराईले बताए । उनले दशैं विदामा घुम्न आउने पर्यटकहरुकै कारण पोखराको लेकसाईड क्षेत्रमा चहलपहल बढेको समेत बताए । ‘दशंैखेर आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । पूर्णिमाको दिन सम्मै राम्रै थियो । त्यसपछि केही कमी भएको छ, उनले भने, ‘फेरी पर्यटकिय गतिविधि फेरी पुरानै शैलीमा फर्किने देखिएकोछ । जे होस् यसले गर्दा व्यवसायीहरुमा आशाको किरण बलेको छ । उनले पोखरा आउने पर्यटक मध्ये करिब ९० प्रतिशत आन्तरिक पर्यटक भएको बताउदै भने, ‘५ प्रतिशत जति बाह्य पर्यटक छन् । नत्र त सबै नेपाली नै छन् । विशेषगरी नेपालको ठुला शहरहरुबाट पोखरा आएको पाईएको छ ।’

उनले आउँदो नोभेम्वरदेखि बाह्य पर्यटकको पोखरा भित्रिने बताउदै केहीले बुकिङ समेत गरेको बताए । ‘अहिलेलाई त नेपालीमात्रै छन्, नोभेम्बरको लागि बाहिरको पाहुनाले बुक गरेका छन् । त्यसैगरी मुक्तिनाथ जानको लागि भारतका भिआईपी गेष्टहरुले पनि बुक गरेका छन् ।’

त्यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पनि विगतको तुलनामा पोखरामा पर्यटकीय गतिविधि मौलाएको बताए । नेपालीहरुको महान् चाडको अवसरमा पोखरा घुम्न आउने पर्यटको सँख्यामा बृद्धि भएको उनले बताए । ‘पहिलाको तुलनामा अहिले पर्यटक बढेको छ, उनले भने, विदशी पर्यटक खासै छैनन् प्राय नेपालीहरु नै छन् ।’ उनले वाह्य पर्यटकले सन् २०२१ का लागि बुकिङ नगरेको बताए । ‘बाह्य पर्यटकले २०२१ लाई बुकिङ गरेका छैनन् । २०२२ देखि आउँनेछन् । सबैले पर्यटन व्यवसायीहरु सुरक्षित छन् ।’

पर्यटकको आवागमन बढेसँगै पर्यटकीय गाउँक्षेत्रमा पनि चहलपहल बढेको ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सुशिल पौडेलले बताए । ‘कोभिडको न्यूनीकरण र चाडपर्वको कारण चहलपहल बढ्न थालेको हो, उनले भने, अब बिस्तारै राम्रै हुन्छ भन्ने आशा छ ।’ पौडेलका अनुसार पछिल्लो समय पुनहिल, मार्दी, अन्नपूर्ण वेस क्याम्प लगायतका पदमार्गहरु सञ्चालनमा रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.