www.tandavnews.com
Fact ~ In search of truth

चौथो अभियान भलिबल प्रतियोगिता कात्तिक ११ गतेदेखि

पोखरा, ताण्डव न्यूज

अभियान युवा क्लबको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको ११, १२ र १३ गते हुने भएको छ । संघसंस्था तथा क्लब स्तरीय उक्त भलिबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष राजु गिरीले बताए ।

जसमा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडियो टिम पोखरा रहेका छन् ।

Batas

युवाहरुलाई खेलकुदप्रति आकर्षण गर्न प्रतियोगितालाई सञ्चालन गरिँदै आएको प्रतियोगिताका संयोजक तथा क्लब अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्धित्तीय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेल खेलेका खेलाडी सहभागी हुन नपाउने आयोजकले जनाएको छ ।

विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.