www.tandavnews.com
Fact ~ In search of truth

कार्यालयमै पार्टीको विधान छापेकोमा काँग्रेस माछापुच्छ्रेकाे आपत्ति

पोखरा, ताण्डव न्यूज

गाउँपालिकाको कार्यालयका कर्मचारीले कार्यकक्षमै एमालेको विधान छापेर बाईण्डिङ गरिरहेको फेलापरेको भन्दै नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका कार्यसमितिले आपत्ति जनाएको छ ।

बिहिबार १ विज्ञप्ति जारी गर्दै गाउँपालिकाका सूचना अधिकारीनै यस्तो कार्यमा संलग्न हुँदा जनताका कामहरुमा ढिलासुस्ती हुने भन्दै आपत्ति जनाईएको हो ।

Batas

गाउँ कार्यसमितिका सभापती विरेन्द्र गुरुङले घटनाबारे सत्य तथ्य छानविन गरी गलत ठहरिएमा कानुन बमोजिम कारवाही गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।

गत कार्तिक २ गते नेपाल विद्यार्थी संघका विद्यार्थीहरुलाई प्राप्त सूचनाका आधारमा विद्यार्थीहरु गाउँपालिकाको कार्यालय पुगेपछि यसबारे जानकारी पाएको विज्ञप्तिमा उल्लेख छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.