www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरो विपद्: कर्णाली प्रदेश सरकारले मृतकका परिवारलाई रु २ लाख राहत दिने

कर्णाली

कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु २ लाख राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सोे रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

हालै आएको बेमौसमी बाढीपहिरोमा परी प्रदेशमा ८ जनाको मृत्यु र ४ जना घाइते भएका थिए । प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढीपहिरोमा परी मृत्यु भएका हुम्लाका ६, कालीकोट र जुम्लाका एक/एक जनालाई राहत रकम दिएको हो ।

Batas

प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिरोबाट अन्नबालीमा पुगेको क्षतिको लगत संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, पूर्णरुपमा क्षति भएका घरको विवरण संकलन गरी पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि संघीय सरकारसँग समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.