www.tandavnews.com
Fact ~ In search of truth

भारतमा पछिल्लो २४ घन्टामा १५ हजार नयाँ संक्रमित थपिए

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन ।

नयाँ संक्रमित मध्ये ८ हजार ७ सय ३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सोही अवधिमा भारतमा १८ हजार ६ सय ४१ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो ।

Batas

भारतमा अहिले १ लाख ७५ हजार ७ सय ४५ जना संक्रमित अवस्थामै रहेका छन् । यो संख्या २ सय ३२ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । भारतमा अहिलेसम्म कुल ३ करोड ३५ लाख १४ हजार ४ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २ सय ३१ जनाको मृत्यु भएको छ । ती मध्ये केरलाका मात्रै १ सय १८ जना रहेका छन् ।

एएनआई

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.