www.tandavnews.com
Fact ~ In search of truth

भिर्नी झोला टिमको अर्को सहकार्य ‘ढाँचा पार्यो नभने’

पोखरा, ताण्डव न्यूज

भिर्ने झोलामा गीतले सर्वाधिक चर्चा कमाएपछि सोही टिमको अर्को गीत बजारमा आएको छ । ‘ढाँचा पार्यो नभनेु’ नामक गीत शुक्रबार बिहान सार्वजानिक गरिएको हो ।

गायक कृष्ण अखेली र सरस्वती लामिछानेको स्वरमा सजिएको उक्त गितको केही दिन अघि भिडियो टिजर सार्वजनिक गरिएको थियो । फरक शैलीबाट निर्माण गरिएको उक्त दोहोरी गीतमा लोकप्रिय रचनाकार शिव अखेलीको लय र शब्द रहेको छ । गीतमा पछिल्लो समय यूवाको रोजाईमा परेका मोडल तथा निर्देशक सुनील क्षेत्री र भद्रगोलकी कलाकार प्रियना आचार्य ‘मुन्नि’ को अभिनय रहेको छ । सुनील क्षेत्रीको निर्देशनमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन् ।

Batas

पोखराका फेवाताल, फनपार्क, पर्वतको बन्जीजम्पलगायतका ठाउँमा हेलीकप्टरमार्फत नै गीतको म्युजिक भिडियो तयार पारिएको छ। पछिल्लो समयमा नेपाली लोकगीतमा ठूलो लगानी गर्ने क्रम बढेको छ । लोकगीतका म्यूजिक भिडियोमा पनि चलचित्रकै उपकरण र शैली प्रयोग हुन क्रम बढेको बेलामा यो गीतमा पनि त्यस्तै खालका उपकरणहरु दृश्यहरु कैद गरिएको कलाकार अखेलीले बताए ।

उक्त गीत सरस्वती लामिछानेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.