www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः आज ५२ संक्रमित, कास्कीमा १ को मृत्यु

hima aus

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ५२ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ४ सय ६४ जनामा परीक्षण गरिएको थियो ।

classic tech

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै स्याङ्जा ६, बागलुङ ३, कास्की २९, तनहुँ ७, गोरखा ३, पर्वत १ र म्याग्दी १ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ६४ जना निको भएर घर फर्किएका छन् । त्यस्तै २ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् । भने ४ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज गण्डकीमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका १३ की ७९ वर्षीय महिला रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...