www.tandavnews.com
Fact ~ In search of truth

मुलुकभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो, ३७ वेपत्ता

काठमाडौँ

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १ सय ११ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

Batas

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ । वेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, ६ वटा पुल, १ विद्यालय र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १ सय ८६ वटा पशुचौपाय मरेको जनाइएको छ ।

उक्त अवधिमा १ हजार १ सय ८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.