www.tandavnews.com
Fact ~ In search of truth

हिउँमा फसेर भारतमा १२ पदयात्रीको मृत्यु, बेपत्ताहरुको खोजी कार्य तीव्र

नयाँ दिल्ली

हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर २ छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्दार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ ।

हिमाञ्चल प्रदेशको आपत्कालीन उद्दार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूक बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट २ शव र उत्तराखण्ड बाट ५ शव र २ घाइतेलाई बाहिर निकालिएको छ भने अन्य २ जना अझै बेपत्ता छन् ।

Batas

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्यहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट ५ जनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ । सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.