www.tandavnews.com
Fact ~ In search of truth

एमाले अधिवेशनः पोखरा १४ मा बटु कुँवर सर्वसम्मत, भन्छन्, ‘इतिहास कायम राख्न सिंगो एमाले सतिशाल झै उभिन्छ’

पोखरा, ताण्डव न्यूज

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ को शनिबार भएको अधिवेशनमा पोखरा महानगरपालिका १४ मा बटु कृष्ण कुँवर अध्यक्षमा र ५ पदाधिकारी ५१ जनाको कमिटी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा क्याप्टेन डेलबहादुर गुरुङ, सचिवमा जितेन्द्रजंग थापा, सह–सचिवमा सरिता बास्तोला र निरज केसीसहित ५१ जनाको कमिटी चयन भएको यकेन्द्र कुँवरले ताण्डवलाई जानकारी दिएका छन् ।

उनीहरु सबैले शनिवार नै सपथ लिएका थिए । सपथपछि बोल्दै नवनिर्वाचित अध्यक्ष कुँवरले पार्टीलाई यो अवस्थामा ल्याउन योगदान गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सबैलाई साथमा लिएर अगाडी बढ्ने बताए । ‘गैरवशाली पार्टीको अध्यक्ष भएकोमा खुसी छु । यस अर्थमा गम्भीर छु । आफ्ना अगाडी थुपै चुनैतीहरु छन्,’ उनले भने, ‘तर चुनैतीसँग भागेर जान्न ।’

Batas

कमिटिले वडामा देखिएका समस्या, विकास निमार्णका कामहरु साथै पार्टी संगठनलाई विस्तार गर्न, वडामा रहेको एमालेको इतिहासलाई फेरी पनि कायम राख्न कुनै कसर बाँकी नराख्ने कुँवरले बताएका छन् । उनले भने, ‘इतिहास कायम राख्न सिंगो एमाले सतिशाल झै उभिन्छ । सबैलाई समेटेर लाने विषयमा कुनै कन्जुसाई हुँदैन । तर, ३ वटा मिटिङमा उपस्थित नभए कमिटी सदस्यहरुलाई कारबाही हुन्छ ।’

एमाले विधानमा गाउँपालिकाको वडा कमिटीमा ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटमा ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था विधानमा उल्लेख छ । कास्कीका ५ पालिकाका ७२ वटै वडामा एकै साथ प्रथम वडा अधिवेशन तथा कात्तिक ९ गते पालिका अधिवेशन देशव्यापी रुपमा एकैपटक सम्पन्न हुँदैछ ।

निर्वाचन कमिटी कास्की सचिव झपट रानाभाटले अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व भएको र उनले स्थानीय अधिवेश केन्द्रीय कार्यलयबाट जारी सर्कुलरअनुसार झण्डा ब्यानरको प्रयोग गरी जनसहभागितालाई व्यापक गराइएको यकेन्द्र कुँवरले जानकारी दिए । अधिवेशनलाई एकता अधिवेशन बनाउने सोच अनुसार सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने नेकपा एमाले निर्वाचन कमिटी कास्की अध्यक्ष टीकाराम पंगेनीले यसभन्दा अगाडी नै जानकारी दिएका थिए । अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.